• ९ भदौ २०८३, बुधबार
  • ८:०५ बेलुका

रसुवा बाढी : ४४ नेपाली सेनासहित ८५ सुरक्षाकर्मी सम्पर्कविहीन

प्रकाशित मिति

२०८३ भाद्र १० गते, बुधबार ०७:३७

१० भदौ २०८३ काठमाडौं – रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार बाढीपछि ४४ जना नेपाली सेना हालसम्म सम्पर्कमा आएका छैनन्।

उनका अनुसार सम्पर्कविहीन सैनिकहरू लाङटाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए। बाढीका कारण नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरी बलका ९ जना सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका छन्।

Kamana Sewa

भोटेकोशीमा तिब्बततर्फबाट आएको आकस्मिक बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले सम्पर्कविहीन सुरक्षाकर्मीहरूको अवस्था यकिन गर्न कठिनाइ भइरहेको छ।

Classic Tech Desktop

प्रतिकृया