• ९ भदौ २०८३, बुधबार
  • ६:१३ बेलुका

भारत, चीन र विश्व बैंकले भने, आवश्यकता बताउनुस्, सहयोग गर्छौं

प्रकाशित मिति

२०८३ भाद्र १० गते, बुधबार ०५:२७

१० भदौ २०८३ काठमाडौं – विपद्ग्रस्त नेपालका बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोगको प्रतिबद्धता जनाएका छन्। बाढीको खबर सार्वजनिक भएलगत्तै बुधबार बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले भेट गरी विभिन्न स्रोतबाट आपतकालीन सहयोगस्वरूप करिब २५ अर्ब रुपैयाँ सहयोग गर्न सकिने जानकारी गराएका थिए।

दक्षिणी छिमेकी भारतले पनि बाढीपीडितका लागि तत्काल आवश्यक पर्ने राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री बुधबार नै काठमाडौं ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।

Kamana Sewa

यस्तै, उत्तरी छिमेकी चीनले पनि नेपाललाई तत्काल नगद सहयोग उपलब्ध गराउने भएको छ। रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्।

Classic Tech Desktop

छिमेकी मुलुक तथा दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले अन्तरसरकारी समन्वयमार्फत सहयोगको मोडालिटीबारे छलफल भइरहेको बताएका छन्।

यसैबीच, बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकाहरूलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। उक्त निर्णयसँगै बाढी प्रभावित क्षेत्रमा घरेलु तथा बाह्य स्रोतबाट राहत, उद्धार र पुनर्निर्माणका ला

प्रतिकृया