• ८ भदौ २०८३, मंगलबार
  • १२:१६ बेलुका

‘चाडपर्वको उमङ्ग, लन्डन घुमौँ जस्मिन पेन्ट्ससँग’ योजना सार्वजनिक

प्रकाशित मिति

२०८३ भाद्र ९ गते, मंगलवार ११:५९

काठमाडौं । नेपालीको महान् चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले जस्मिन पेन्ट्स लिमिटेड (मनकामना ग्रुप अफ कम्पनीज)ले विशेष उपभोक्ता प्रवर्द्धन योजना सार्वजनिक गरेको छ ।

‘चाडपर्वको उमङ्ग, लन्डन घुमौँ जस्मिन पेन्ट्ससँग’ भन्ने अभियानअन्तर्गत जस्मिन पेन्ट्सका उपभोक्ताले आकर्षक उपहारसँगै लक्की ड्रमार्फत लन्डन टुर जित्ने अवसर पाउनेछन् । यो योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

Kamana Sewa

‘योजनामा सहभागी हुन उपभोक्ताले जस्मिन पेन्ट्सका आधिकारिक डिलर वा बिक्रेतामार्फत न्यूनतम ७५ हजार रुपैयाँ बराबरका कम्पनीका उत्पादन खरिद गर्नुपर्नेछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘प्रत्येक ७५ हजार रुपैयाँको खरिदमा उपभोक्तालाई एउटा लक्की ड्र कुपन प्रदान गरिनेछ ।’

Classic Tech Desktop

लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले चार रात पाँच दिनको लन्डन टुर जित्ने कम्पनीले जनाएको छ । ‘यस्तै, पाँच जनाले ८ केजी फ्रन्ट लोडिङ अटोमेटिक वासिङ मेसिन, ३५ जनाले ३ लिटर इलेक्ट्रिक प्रेसर कुकर, १२५ जनाले तीन जार मिक्सर ग्राइन्डर, १७५ जनाले हट वाटर केटल तथा ७५० जनाले आकर्षक वाल क्लक जित्ने अवसर पाउनेछन्’ विज्ञप्तिमा भनिएको छ ।

कम्पनीका अनुसार यस अभियानमार्फत नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ सुदृढ गर्दै चाडपर्वको खुसीलाई थप विशेष बनाउने लक्ष्य राखिएको छ । घरलाई नयाँ रङले सजाउने उपभोक्ताले खरिदसँगै आकर्षक उपहार जित्ने अवसरसमेत पाउने भएकाले योजनाले चाडपर्वको तयारीलाई थप उत्साहपूर्ण बनाउने कम्पनीको भनाइ छ ।

योजनामा सहभागी उपभोक्ताले खरिद गरेको पसलबाट कुपन प्राप्त गरी कुपनमा रहेको क्यूआर कोड स्क्यान गरेर आवश्यक विवरण भर्नुपर्नेछ । लक्की ड्रबाट विजेता घोषित भएपछि उपहार दाबी गर्न सक्कल कुपन र आधिकारिक परिचयपत्रसहित कम्पनीका प्रतिनिधिसँग सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विजेताले विजेता घोषणा भएको मितिले १५ दिनभित्र उपहार दाबी गरिसक्नुपर्नेछ । लक्की ड्रमार्फत विजेताको घोषणा प्रत्यक्ष प्रसारणमार्फत गरिने कम्पनीले जनाएको छ । उपहारमा नेपाल सरकारको प्रचलित नियमअनुसार कर कट्टी गरिनेछ ।

प्रतिकृया