• २ भदौ २०८३, बुधबार
  • ६:१६ बेलुका

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त

प्रकाशित मिति

२०८३ भाद्र ३ गते, बुधबार ११:५३

३ भदौ २०८३ काठमाडौं – नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार डा. पौडेललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन् ।

डा. पौडेल यसअघि भरतपुर अस्पताल विकास समितिको अध्यक्ष थिए । उनले भरतपुर अस्पताललाई शिक्षण अस्पताल तथा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्ने योजना अघि सारेका थिए । सरकारी अस्पतालको क्षमता अभिवृद्धि, स्वास्थ्य सेवा सुधार, अस्पताल व्यवस्थापन तथा चिकित्सा शिक्षाका विषयमा उनले विभिन्न धारणा राख्दै आएका छन् ।

Kamana Sewa

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस गरेका पौडेलले सोही संस्थानबाट एमबीबीएस पूरा गरेका छन् । उनले यसअघि नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिमा कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसकेका छन् ।

Classic Tech Desktop

काउन्सिलको अध्यक्षका रूपमा पौडेलले चिकित्सकीय पेशाको नियमन, चिकित्सकको व्यावसायिक आचरण तथा चिकित्सा शिक्षासम्बन्धी महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिकृया