• १५ असोज २०८३, बिहीबार
  • ९ः३९ बिहान

विशेष महाधिवेशनदेखि जेनजी आन्दोलनसम्म, देउवा समूहले उठायो गम्भीर प्रश्न (पूर्णपाठ)

प्रकाशित मिति

२०८३ श्रावण ३० गते, शनिबार ०४:०२

३० साउन २०८३ काठमाडौं –  नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान गरी विधानअनुसार पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। राष्ट्रिय भेलामा पेस गरिएको राजनीतिक प्रतिवेदनमा १५औँ महाधिवेशनको तयारीका बेला पार्टीभित्र गम्भीर असमझदारी देखिएको उल्लेख गर्दै विवाद समाधान नभए कांग्रेस दुर्घटनातर्फ जाने चेतावनी दिइएको छ।

National Life

प्रतिवेदनमा २०८२ पुसमा तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबाट आयोजित ‘विशेष महाधिवेशन’लाई विधानविपरीत र अनधिकृत भन्दै आपत्ति जनाइएको छ। उक्त महाधिवेशनमार्फत १४औँ महाधिवेशनबाट निर्वाचित सभापति तथा कार्यसमिति विघटन गरिएको दाबी पनि गरिएको छ।

यस्तै, ‘जेनजी’ आन्दोलनका क्रममा भएका तोडफोड, विध्वंस र गोली प्रहारका घटनाको गम्भीर अनुसन्धान हुनुपर्ने माग गरिएको छ। आन्दोलन निर्धारित समयमै सकिएको घोषणा भएपछि भएका घटनाको वास्तविक कारण अझै अनुसन्धानको विषय रहेको प्रतिवेदनमा उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिवेदनले कांग्रेसको आन्तरिक विवाद समाधानसँगै १५औँ महाधिवेशन एकताबद्ध वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ। साथै संघीयताको पूर्ण कार्यान्वयन, प्रदेश तथा स्थानीय तहलाई संवैधानिक अधिकार हस्तान्तरण र राजनीतिक संकटको समाधानका लागि निर्वाचनलाई महत्वपूर्ण माध्यमका रूपमा अघि सारिएको छ।

प्रतिकृया