• २८ साउन २०८३, बिहीबार
  • ९:२१ बेलुका

पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिनको म्याद थप

प्रकाशित मिति

२०८३ श्रावण २८ गते, बिहीबार ०७:१०

२८ साउन २०८३ काठमाडौं – पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि तीन दिनको म्याद थप गर्न अनुमति दिएको छ। न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

श्रेष्ठको थुनामुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजय मिश्रसहित वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले बहस गरेका थिए।

Kamana Sewa

प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन्। प्रहरीका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको हो। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।

Classic Tech Desktop

श्रेष्ठको रिहाइको माग गर्दै पत्रकारसँग सम्बन्धित विभिन्न संघसंस्थाले प्रदर्शन गर्दै आएका छन्।

प्रतिकृया