घरबाटै केही मिनेटमा ग्लोबल आइएमई बैंकमा खाता, युवाका लागि ‘Global Next Gen Account’
प्रकाशित मिति
२०८३ श्रावण २२ गते, शुक्रबार ०४:३८
काठमाडौं। बैंकमा खाता खोल्न अब शाखा पुगेर लामो लाइन बस्नुपर्ने झन्झट हटेको छ। ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङलाई थप सहज बनाउँदै युवालाई लक्षित गरी ‘Global Next Gen Account’ सञ्चालनमा ल्याएको छ।
यो खातामार्फत नेशनल आइडी वा राहदानी (पासपोर्ट) भएका ग्राहकले बैंकमा नगई अनलाइनबाटै सहज रूपमा खाता खोल्न सक्नेछन्। आवेदन दिएलगत्तै खाता सञ्चालन हुने व्यवस्था गरिएको बैंकले जनाएको छ।

यस खातासँगै ग्राहकले घरबाटै मोबाइल बैंकिङ सेवा सक्रिय गर्न सक्नेछन्। पहिलो वर्ष मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराइने भएकाले डिजिटल बैंकिङ प्रयोग गर्न चाहने ग्राहकलाई थप सहज हुने बैंकको विश्वास छ।

Global Next Gen Account को अर्को आकर्षण भनेको शून्य न्यूनतम मौज्दात (Zero Minimum Balance) हो। यसका लागि खातामा अनिवार्य रूपमा न्यूनतम रकम राख्नुपर्ने व्यवस्था छैन। साथै, खातामा आकर्षक ब्याजदरको सुविधा पनि उपलब्ध रहेको बैंकले जनाएको छ।
डिजिटल प्रविधिमार्फत छिटो, सरल र झन्झटरहित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले ल्याइएको यो खाता विशेषगरी युवा पुस्ताको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार अब केही क्लिकमै घरबाटै खाता खोल्न, मोबाइल बैंकिङ सञ्चालन गर्न तथा आधुनिक बैंकिङ सेवाको लाभ लिन सकिने भएकाले Global Next Gen Account डिजिटल बैंकिङ रोज्ने ग्राहकका लागि उपयुक्त विकल्प बनेको छ।




प्रतिकृया