• २२ साउन २०८३, शुक्रबार
  • १२:३८ बेलुका

२५० रुपैयाँको किनमेलमा १० लाखको बम्पर उपहार, शिव कृष्ण जेनरल स्टोरका ग्राहक भाग्यमानी

प्रकाशित मिति

२०८३ श्रावण २२ गते, शुक्रबार १०:४५

२२ साउन २०८३ काठमाडौं – शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले सरकारको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन योजनाअनुसार साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार शिव कृष्ण जेनरल स्टोरबाट खरिद गरी बिल लिने उपभोक्ताको नाममा परेको हो।

वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले सरकारले यो नगद उपहार योजना सञ्चालन गर्दै आएको छ। योजना अनुसार बिल लिने उपभोक्तामध्ये हरेक दिन एक जनाले १ लाख ३३ हजार ३४ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने व्यवस्था छ। त्यस्तै, प्रत्येक महिनामा दुई जना भाग्यमानी उपभोक्ताले जनही १० लाख रुपैयाँ बराबरको बम्पर उपहार जित्नेछन्।

Kamana Sewa

नेपालभित्र एकपटकमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गरी बिल लिने उपभोक्ताहरू यस योजनामा सहभागी हुन सक्ने व्यवस्था रहेको छ।

Classic Tech Desktop

प्रतिकृया