• १५ असोज २०८३, बिहीबार
  • ९ः४७ बिहान

आज प्रतिनिधि सभा बैठक बस्दै, चार महत्त्वपूर्ण विधेयक पेस हुने

प्रकाशित मिति

२०८३ श्रावण २२ गते, शुक्रबार १०:१४

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक पेस हुनेछन्। बैठकको सुरुवातमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नेछन्।

National Life

त्यसपछि प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने र सो विधेयक सभामा पेस गर्ने कार्यसूची छ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसँगै उक्त विधेयक सभामा पेस गर्नेछिन्। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र सो विधेयक पेस गर्ने कार्यसूची रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने र उक्त विधेयक सभामा पेस गर्नेछन्। आजको बैठकमा विभिन्न कानुनी तथा नीतिगत सुधारसँग सम्बन्धित विधेयकहरू अघि बढाइने भएकाले संसदको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिकृया