नयाँ तलबमान सार्वजनिक: अब कसको तलब कति बढ्यो? (पत्रसहित)
प्रकाशित मिति
२०८३ श्रावण २१ गते, बिहीबार ०१:४७
२१ साउन २०८३ काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको नयाँ तलबमान, ग्रेड र सुविधा सार्वजनिक गरेको छ। नयाँ व्यवस्था साउन १ गतेदेखि लागू भएको हो। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले बिहीबार सार्वजनिक गरेको निर्णयअनुसार २०८३ साउन ६ गते बसेको बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा मासिक प्रोत्साहन भत्तासम्बन्धी व्यवस्था स्वीकृत गरेको हो।
निर्णयअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल स्वास्थ्य सेवा, सङ्घीय संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीका लागि (निवृत्तिभरण प्रयोजनसमेत) अनुसूची–१ देखि अनुसूची–८ सम्म नयाँ तलबमान लागू गरिएको छ।

यस्तै, प्रत्येक पदका लागि एक दिनको तलबबराबरको ग्रेड रकम पनि निर्धारण गरिएको छ। सरकारले तलब वृद्धिपछि कायम हुने आधारभूत तलबको १० प्रतिशत रकम मासिक प्रोत्साहन भत्ता का रूपमा उपलब्ध गराउने निर्णयसमेत गरेको छ। नयाँ तलब संरचनासँगै कर्मचारीको सेवा–सुविधा थप आकर्षक बनाउने र कार्यसम्पादनमा प्रोत्साहन दिने उद्देश्य सरकारले लिएको जनाएको छ।





प्रतिकृया