• २० साउन २०८३, बुधबार
  • ५:५१ बेलुका

नेप्सेमा सामान्य सुधार, ४.४१ अर्बको कारोबार हुँदा जलविद्युत समूह चम्कियो

प्रकाशित मिति

२०८३ श्रावण २० गते, बुधबार ०३:११

२० साउन २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ४.७९ अंकले बढेर २,६६७.९७ विन्दुमा पुगेको छ। आज ३५० कम्पनीका १ करोड ६७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ४० करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा अधिकांश समूह दबाबमा रहे पनि जलविद्युत समूह १.४५ प्रतिशतले बढ्दै सबैभन्दा बढी सुधार गर्ने समूह बनेको छ। समग्रमा ५ उपसमूह हरियाली हुँदा ८ उपसमूह भने ओरालो लागेका छन्।

Kamana Sewa

बजारमा आज १२२ कम्पनीको सेयर मूल्य बढेको, १४३ कम्पनीको घटेको तथा ११ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया