• २१ साउन २०८३, बिहीबार
  • ५:४३ बेलुका

दुई महिनामै ९७ परिवारलाई जग्गाधनी पुर्जा

प्रकाशित मिति

२०८३ श्रावण २० गते, बुधबार ०२:२२

२० साउन २०८३ काठमाडौं – राष्ट्रिय भूमि समस्या समाधान समितिले पछिल्लो दुई महिनामा ९७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको जनाएको छ। समितिका अनुसार २० जेठदेखि १६ साउनसम्म भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारलाई पुर्जा वितरण गरिएको हो।

समितिका अनुसार वितरण गरिएका पुर्जामध्ये ६ वटा भूमिहीन दलित, ५८ वटा भूमिहीन सुकुमवासी र ३३ वटा अव्यवस्थित बसोबासी परिवारलाई प्रदान गरिएको छ। झापाको बुद्धशान्ति नगरपालिका–४, अर्जुनधारा नगरपालिका–११ र कन्काई गाउँपालिका–४ मा जग्गाधनी पुर्जा वितरण गरिएको छ। त्यस्तै, बर्दियाको बढैयाताल गाउँपालिकामा भूमिहीन दलित र सुकुमवासी गरी २९ परिवारले पुर्जा प्राप्त गरेका छन्।

Kamana Sewa

यस्तै, चितवनको इच्छाकामना नगरपालिकामा ३४ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ, जुन हालसम्म एउटै स्थानीय तहमा सबैभन्दा बढी वितरण भएको संख्या हो।

Classic Tech Desktop

यसैगरी, डडेलधुराको अजेयमेरु गाउँपालिकामा अव्यवस्थित बसोबास गरिरहेका ७ परिवारलाई पनि जग्गाधनी पुर्जा प्रदान गरिएको समितिले जनाएको छ।
समितिले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानलाई तीव्र बनाउँदै देशका विभिन्न स्थानीय तहमा पुर्जा वितरणलाई निरन्तरता दिएको जनाएको छ।

प्रतिकृया