• १६ असोज २०८३, शुक्रबार
  • ११ः१२ बिहान

यस्तो छ आजको मन्त्रिपरिषद्का महत्त्वपूर्ण निर्णय

प्रकाशित मिति

२०८३ श्रावण २० गते, बुधबार ०२:३०

२० साउन २०८३ काठमाडौं – नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न मन्त्रालयका प्रस्तावमाथि निर्णय गर्दै प्रशासन, शिक्षा, उद्योग तथा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले तथ्याङ्क ९पहिलो संशोधन० नियमावली, २०८३ स्वीकृत गरेको छ। साथै, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरिएको छ।

National Life

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुसार नेपाल इन्टरमोडल यातायात विकास समिति ९गठन० आदेश, २०५४ खारेज गर्ने तथा उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गरिएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा पशु बधशाला तथा मासु जाँच ऐन, २०५५लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गरिएको छ।

त्यस्तै, महिला मन्त्रालयको प्रस्तावअनुसार बालबालिकासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८३ संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयको सिफारिसमा विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा। डा। खड्क बहादुर केसी र सचिवमा प्रा। डा। रोजी श्रेष्ठ नियुक्त भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, मन्त्रिपरिषद्ले सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने र घाइतेहरूको उपचारको व्यवस्था गर्ने निर्णय पनि गरेको छ।

प्रतिकृया