• ४ असोज २०८३, आइतबार
  • २ः२१ दिउँसो

सरकारको स्वेच्छाचारिता बढे एमाले सडकमा आउँछ: महासचिव शंकर पोखरेल

प्रकाशित मिति

२०८३ श्रावण २० गते, बुधबार १२:२१

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार स्वेच्छाचारी ढंगले अघि बढे एमाले जनतासँगै सडकमा उत्रिन तयार रहेको बताएका छन्।
दाङमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार गठन भएको चार महिना मात्र भएकाले तत्काल सरकारको विकल्प खोज्ने अवस्थामा एमाले नरहेको स्पष्ट पारे। तर संविधान, लोकतन्त्र र जनअधिकारविपरीत गतिविधि भए त्यसको प्रतिवाद गर्न पार्टी तयार रहेको बताए।

National Life

‘सरकारले काम गर्न थालेको चार महिनामै विकल्प खोज्ने ठाउँमा हामी पुगेका छैनौं। तर स्वेच्छाचारी गतिविधि रोक्न जनता फेरि सडकमा आउनुपर्ने अवस्था आउन सक्छ। मुलुक र जनताको हितका लागि कार्यकर्ताहरू जुनसुकै बेला सडकमा आउन तयार रहनुपर्छ,’ उनले भने।

पोखरेलले प्रतिपक्षमा रहेका लोकतान्त्रिक शक्तिहरू एकजुट भएर सरकारलाई गलत दिशामा जानबाट रोक्नुपर्ने धारणा पनि राखे। उनले राजनीतिक दलहरूले जनविश्वास जित्न आफूभित्र पनि सुधार आवश्यक रहेको स्वीकार गर्दै एमालेले पनि निरन्तर आत्मसुधार गर्ने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

सुनसरी घटनाबारे बोल्दै उनले विगतमा सुरक्षा निकायको बल प्रयोगका घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्रीमाथि जिम्मेवारी तोकिएको स्मरण गराउँदै अहिलेको सरकारले पनि त्यही मापदण्ड पालना गर्नुपर्ने बताए।

उनले वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी लिनुपर्ने दाबी गर्दै भने, ‘यदि विगतमा लगाइएका आरोप गलत थिए भने त्यसबारे माफी माग्नुपर्छ, अन्यथा राजीनामा दिएर कानुनी प्रक्रिया अघि बढ्ने बाटो खोलिदिनुपर्छ। शासनमा दोहोरो मापदण्ड हुन सक्दैन।’

महासचिव पोखरेलले एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ गरिएको विषय पनि उठाउँदै सम्पत्ति शुद्धीकरणको कानुनको दुरुपयोग हुन नहुने बताए। उनले कर प्रणालीका जटिलताका कारण आयको स्रोत पुष्टि गर्न कठिनाइ भएका सबै व्यवसायीलाई कालो धनको आरोप लगाउने प्रवृत्ति गलत हुने चेतावनी दिए।

प्रतिकृया