• ४ असोज २०८३, आइतबार
  • ४ः२९ बेलुका

बजारबाट ८५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, आजै तीनमहिने निक्षेप संकलनको बोलकबोल

प्रकाशित मिति

२०८३ श्रावण २० गते, बुधबार १२:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ बराबरको तीनमहिने निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार निक्षेप संकलनका लागि आज अपराह्न ३ बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर’ (OBSS) मार्फत बोलकबोल हुनेछ।

National Life

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको निष्कासन विवरण आजै सार्वजनिक गरिनेछ भने ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक १७ गते भुक्तानी गरिनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणांकमा कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

केन्द्रीय बैंकले राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र यस बोलकबोल प्रक्रियामा सहभागी हुन पाउने जनाएको छ। बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक नीति कार्यान्वयनका लागि राष्ट्र बैंकले समय–समयमा निक्षेप संकलन गर्दै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया