• ६ असोज २०८३, मंगलबार
  • ४ः५८ बेलुका

शेयर बजारमा दोहोरो झट्का, नेप्से २१.१५ अंक घट्दा कारोबार ४ अर्ब रुपैयाँमाथि

प्रकाशित मिति

२०८३ श्रावण १९ गते, मंगलवार ०३:१६

१९ साउन २०८३ काठमाडौं – साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.१५ अंकले घटेर २,६६३.१८ बिन्दुमा झरेको छ। साताको पहिलो दिन देखिएको सुधारको संकेत दोस्रो दिनमै हराउँदै बजार पुनः ओरालो लागेको हो।

National Life

आज ३४३ वटा सूचीकृत कम्पनीका १ करोड ७ लाख ५५ हजार ८७५ कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबारका क्रममा एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ भने सप्तकोशी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै मूल्य घटेको सामना गरेका छन्।

त्यस्तै, खानी खोला हाइड्रोपावरको शेयर सबैभन्दा बढी कारोबार भएको कम्पनी बनेको छ। आजको कारोबारमा सबै समूहका उपसूचक राताम्मे भएका छन्, जसले बजारमा समग्र रूपमा बिक्री दबाब हाबी रहेको संकेत गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया