• २३ भदौ २०८३, मंगलबार
  • ३ः४५ राती

आज अवकास पाउँदै, अब के गर्लान ? डा.केसी

प्रकाशित मिति

२०७६ आश्विन २७ गते, सोमबार ०१:१७

काठमाडौं , चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका डा.गोविन्द केसीले सरकारी सेवाबाट उमेरहदका कारण आज अनिवार्य अवकाश पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा उनी कार्यरत थिए। ६३ वर्षीया डा। केसीले आज सोमबारदेखि अवकाश पाउने अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए।

National Life

यस अघि डा.केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक(फरक जन्ममिति भेटिएपछि विवादमा परेका थिए। डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ रहेको छ। सोही आधारमा नै अस्पतालले सोमबारदेखि अवकाश पाउने छन्।

आन्दोलन कायमै राख्ने अडान
डा. केसीले चिकित्सा शिक्षामा सुधारको माग राखेर आन्दोलन गर्न थालेको सात वर्ष भएको छ। चारबुँदे माग राखेर ०६९ असार २१ मा उनी पहिलो पटक अनशन सुरु गरेका थिए। पछिल्लो पटक उनले १६ औं चरणको अनशन इलाममा बसेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

अवकाश पाएपछि पनि डा. केसीले चिकित्सा शिक्षा सुधारको आन्दोलनलाई जारी राख्ने संकेत दिएका छन्। डा. केसी निकट स्रोतका अनुसार अवकाश पाएको दिन अर्थात् सोमबार बिहान शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा पत्रकार सम्मेलन गर्दैछन्।

त्रिभुवन विश्वविद्यालयमा पदाधिकारी सिफारिसका सम्बन्धमा विरोध जनाउँदै डा. केसीले दलीय भागवण्डा विरुद्ध अनशनको चेतावनी दिने बताइएको छ।

विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सरकारले अघि बढाएको प्रक्रिया रोक्नुपर्ने माग डा. केसीको छ। पदाधिकारी नियुक्त प्रक्रियामा परासर कोइराला नेतृत्वको समितिले दिएका सुझाव कार्यन्वयन गर्नुपर्ने माग डा.केसीको छ।

एक महिनादेखि रिक्त रहेको त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि डा. भगवान कोइराला, डा.धर्मकान्त बास्कोटा र डा.चन्द्रमणि पौडेलको नाम सिफारिस भएको छ। अन्नपूर्णपोष्टबाट

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित सर्च कमिटीले तीन सम्भावित उपकुलपतिको नाम सिफारिस गरेको हो। सर्च कमिटिले गरेको सिफारिसमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले थप अध्ययन गरेर नियुक्त गर्नेछन्।

प्रतिकृया