• २३ भदौ २०८३, मंगलबार
  • ३ः५३ राती

देउवाजी र म ४५ वर्षदेखिका साथी हौँ, सम्बन्ध राम्रो छ : सानेपा पुगेर ओलीले भने

प्रकाशित मिति

२०७६ आश्विन २७ गते, सोमबार ०१:२४

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखिको लोकतन्त्रको सहयात्राले प्रमुख दलहरुका बीचमा गहिरो समझदारी र मित्रता रहेको उल्लेख गर्दै लोेकतन्त्रका आधारभूत मूल्य मान्यतामा तलमाथि पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना गरेको चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

National Life

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यस्ता पर्वका अवसरमा हुने भेटघाटले परिवार र नातागोताका बीच तथा राजनीतिक दलका बीचमा पनि कटुता छ भने त्यसलाई समाप्त पार्न सक्छ भने । उनले भने, “अहिले त हामी बीच राम्रो सम्बन्ध छ, शेरबहादुर देउवाजी र म विगत ४५ वर्षदेखिका साथी हौँ, हामीसँगै जेल बसेका छौँ, लोकतन्त्र प्राप्तिका लागि सँगै लडेका छौँ, त्यसैगरी रामचन्द्र पौडेलजी लगायतका काङ्ग्रेसका नेताहरु पनि त्यसैबेलाका देखिका साथी हौँ ।”

चार दशकभन्दा बढी लामो समयदेखिको लोकतन्त्रको सहयात्राले आफूहरु बीच गहिरो समझदारी र मित्रता रहेको उल्लेख गर्दै लोकतन्त्रका लागि सँगै लड्ने र लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा तलमाथि पर्न नदिने साझा प्रतिबद्धता रहेको प्रधानमन्त्री ओलीले बताए । उनले भने,“हाम्रो सम्बन्ध राम्रो छ, बिग्रियो भने पनि यस्ता चाडबाडले सम्बन्धलाई सुमधुर बनाउँछ” । यस्ता चाडपर्व र संस्कृतिले हाम्रो समाजमा आपसी सम्बन्ध सुदृढ बनाउने कुरामा सहयोग गर्ने बताउँदै उनले यस्ता परम्परालाई निरन्तरता दिनुपर्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

विसं २०३३ मा काङ्ग्रेसका संस्थापक एवम् जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह आयोजना गर्दै आएको छ ।

प्रतिकृया