सुनसरीका केही क्षेत्रमा अझै कर्फ्यु र निषेधाज्ञा कायम, राजमार्गको कर्फ्यु मात्रै हटाइयो
प्रकाशित मिति
२०८३ श्रावण १२ गते, मंगलवार ११:५२
१२ साउन २०८३ काठमाडौं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनापछि जारी गरिएको कर्फ्यु र निषेधाज्ञा केही क्षेत्रमा अझै कायम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनले राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु आदेश भने हटाइएको स्पष्ट गरेको छ।
प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अधिकारीका अनुसार सर्वसाधारणमा अन्योल सिर्जना भएपछि सूचना जारी गर्दै राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु मात्रै हटाइएको र तोकिएका अन्य स्थानमा निषेधाज्ञा तथा अनिश्चितकालीन कर्फ्यु यथावत् रहेको जानकारी गराइएको हो।

गत साउन १० गते राति कप्तानगन्जमा दुई समूहबीच भएको तनाव नियन्त्रणका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए।

उक्त घटनापछि सोमबार बिहानदेखि प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा जारी गरेको थियो। प्रशासनले अवस्थाको निरन्तर मूल्यांकन भइरहेको भन्दै सर्वसाधारणलाई जारी आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।




प्रतिकृया