• १० साउन २०८३, आइतबार
  • ९:५७ बेलुका

उपचार तथा सेवामा छुट सुबिधा दिने सम्झौता सम्पन्न

प्रकाशित मिति

२०८३ श्रावण १० गते, आईतवार ०७:२१

२०८३ साल श्रावण १० गते भरतपुर- पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर १०, चितवन र बसन्तचोक ‘क’ टोल विकास संस्था भरतपुर ९ चितवन बीच आज गरिएको उपचार सहुलियत लिने दिने सम्झौता कार्यक्रममा अस्पतालका सामाजिक सेवा इकाई प्रमुख तथा सूचना अधिकारी श्री केदार प्रसाद सुबेदी र बसन्त चोक टोल विकास संस्था भरतपुर ९ अध्यक्ष श्री बिजयराज पौड्याल बीच टोलबासी सदस्य, संचालक, पदाधिकारी, कर्मचारी र निजका परिवारका सदस्यहरुको समेत स्वास्थ्य परीक्षण तथा उपचार गर्दा २५% सम्म छुट सुबिधा दिन लिन सहमति भयो ।

अध्यक्ष श्री बिजयराज पौड्याल कोषाध्यक्ष मान कुमारी पौडल सल्लाहकार तुलसी प्रसाद पौडेलको उपस्थितिमा अस्पतालका का.वा. अध्यक्ष गुरुप्रसाद पन्त वरिष्ठ फिजीसीयन ए.प्रो.डा. भोजराज अधिकारी समेत उपस्थितिमा डा. भोजराज अधिकारीले यो कार्यक्रम पनि जनता संग अस्पतालको निरन्तरता कै रुपमा टोल,समुदायमा अस्पताल र स्वास्थ्यकर्मी पुर्याउने हो।

Kamana Sewa

बसन्तचोक टोलले यसै बर्ष भवन बनाउदै छ र टोलबासी को हक हितका बादी भन्दा बादी सेवा सुबिधा कसरि दिन सकिन्छ भनेर लागि परेको अध्यक्षले बताउनु भयो। पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर १० मा आफ्नै १०० बेडको सुबिधा सम्पन्न , पूर्ण क्षमतामा बिशेषज्ञ ,अति बिशिष्टिकृत सेवा सहित संचालनमा रहेको सूचना अधिकारी तथा सामाजिक सेवा प्रमुख केदार प्रसाद सुबेदीले बताउनु भयो।

Classic Tech Desktop

प्रतिकृया