• १५ असोज २०८३, बिहीबार
  • ११ः३८ बिहान

बर्डफ्लु संक्रमण नियन्त्रणमा, साउनयता नयाँ केस देखिएन

प्रकाशित मिति

२०८३ श्रावण ७ गते, बिहीबार ११:५०

७ साउन २०८३ काठमाडौं- देशभर फैलिएको बर्डफ्लु संक्रमण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार साउन १ गतेयता देशका कुनै पनि स्थानमा नयाँ संक्रमण पुष्टि भएको छैन।

National Life

पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजलमा संक्रमण देखिएपछि नयाँ केस नआएको र जोखिम घटाउन प्रभावित क्षेत्र आसपासबाट नमुना संकलन गरी परीक्षण जारी राखिएको विभागले जनाएको छ।

बर्डफ्लु नियन्त्रणका क्रममा सरकारले देशभर ८ लाख ३५ हजार ५६३ वटा पन्छी, ११ लाख ६५ हजार ६६३ वटा अण्डा र २ लाख ४५ हजार किलो दाना नष्ट गरेको छ। प्रभावित किसान तथा फर्मलाई हालसम्म करिब ५० करोड ७१ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विभागका अनुसार संक्रमण नियन्त्रणमा आएसँगै कुखुराको मासु र अण्डाको बजार पुनः सामान्य अवस्थामा फर्किन थालेको छ।

प्रतिकृया