कांग्रेस सभापति गगन थापाको निवासअघि पनि शंकास्पद गाडी पार्किङ, प्रहरीले थाले अनुसन्धान
प्रकाशित मिति
२०८३ असार २९ गते, सोमबार ०४:२१
२९असार २०८३ काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाको काठमाडौंको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको भेटिएको छ। स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको गाडी सोमबार बिहान करिब ७ बजेदेखि निवास अगाडि बाइकसमेत आवतजावत गर्न नसकिने गरी पार्किङ गरिएको थियो।
स्थानीयले गाडी छाडेर चालक प्रहरीकै गाडीमा चढेर फर्किएको दाबी गरेका छन्। यद्यपि प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यसअघि सोमबार बिहान अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर पब्लिकेशन्सका कार्यालय अगाडि पनि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको थियो। ती सवारीसाधनलाई ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाइसकेको छ।

लगातार विभिन्न सञ्चार संस्था र एक प्रमुख राजनीतिक नेताको निवास अगाडि शंकास्पद रूपमा सवारीसाधन छाडिएका घटनापछि प्रहरीले ती घटनाबीच कुनै सम्बन्ध छ कि छैन भन्ने कोणबाट समेत अनुसन्धान अघि बढाएको जनाएको छ।




प्रतिकृया