मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
प्रकाशित मिति
२०८३ असार २८ गते, आईतवार ०३:३५
२८ असार २०८३ काठमाडौं – लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरले काठमाडौं महानगरपालिका–६ कुमारीगाल क्षेत्रबाट ७२ हजार ९ सय ट्रामाडोल क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ।
लागू औषध कारोबार हुने उच्च जोखिमयुक्त स्थानमा निगरानी तथा विशेष कारबाही गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–६ का २७ वर्षीय किरण सुनाम र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ का २४ वर्षीय अनिल लामा रहेका छन्।

उनीहरूको साथबाट ७२ हजार ९ सय ट्रामाडोल क्याप्सुल, बा.५७ प. २४२४ नम्बरको स्कुटर र एक थान मोबाइल फोन बरामद गरिएको ब्युरोले जनाएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ।

Related
Recent News
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो, ४६६ घाइतेको उद्धार
- सरकारी कर्मचारीको तलबबाट विपद् उद्धार कोषमा रकम जम्मा गरिने
- चाँगुनारायण नगरपालिकाले बाढीपीडितका लागि ५० लाख ३५ हजार सहयोग गर्ने
- अस्पतालमा आफन्त खोज्दै रसुवा बाढीपीडित, अस्पतालबाहिर एउटै प्रश्न-मेरो मान्छे कहाँ छ?
- उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो
- बाढीमा मृत्यु भएकाको कानको मुन्द्रा थुत्ने दुई जना पक्राउ
- चीनको चेतावनी : नेपाल नजिकै ठूलो ताल बन्यो, बाँध फुट्ने खतरा
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो
- एनएमबि बैंकका ४ कर्मचारी सम्पर्कविहीन
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया