• २७ असार २०८३, शनिबार
  • १२:५४ बिहान

गणेश नेपालीको घटनाबारे सरकारले बनायो उच्चस्तरीय छानबिन समिति

प्रकाशित मिति

२०८३ असार २६ गते, शुक्रबार ०४:२५

२६ असार २०८३ काठमाडौं – राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको घटनाबारे छानबिन गर्न सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा गृहमन्त्री सुधन गुरुङले घटनाबारे जानकारी दिँदै समितिले घटनाको सम्पूर्ण पक्षको छानबिन गर्ने बताए। उनका अनुसार घटनासँग सम्बन्धित सोधपुछका लागि काठमाडौं महानगरपालिकाका तीन जना नगर प्रहरी कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको छ।

Kamana Sewa

संसद्मा धारणा राख्ने क्रममा गृहमन्त्री गुरुङ केहीबेर भावुक बनेका थिए। आँखा रसाएपछि केही क्षण मौन बसेर उनले आफ्नो भनाइ अघि बढाएका थिए। उनले संसद्मा आवाज उठाउनु मात्र पर्याप्त नभई जनताको सेवा व्यवहारमै देखिनुपर्ने बताएका छन्। “घाँटी चिच्याएर मात्रै हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन। त्यो मुखले बोलेको ५० वर्ष भइसक्यो। हामीले हातले गर्नुपर्छ, जनताको सेवा उनीहरूकै ठाउँमा पुगेर गर्नुपर्छ,” उनले भने।

Classic Tech Desktop

गृहमन्त्री गुरुङले आफू कसैलाई देखाउनका लागि ‘स्टन्टबाजी’ गर्न नभई देश र जनताको सेवा गर्न जिम्मेवारीमा आएको पनि उल्लेख गरे। घटनापछि सरकार आवश्यक कदमबारे निरन्तर छलफलमा रहेको बताउँदै उनले गणेश नेपालीको उपचारका क्रममा अस्पतालमा कति सांसद पुगेका थिए भन्ने प्रश्नसमेत उठाए।

“हामी गृहमन्त्रीमा बसेर कसरी के गर्ने भनेर टोली बनाएर छलफल गरिरहेका थियौँ। म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो अस्पतालमा कति जना हुनुहुन्थ्यो, जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ?” भन्दै उनले घटनालाई राजनीतिक आरोप–प्रत्यारोपभन्दा पनि जिम्मेवार ढंगले हेर्न आग्रह गरे।

प्रतिकृया