गणेश नेपालीको मृत्युपछि वीर अस्पतालमा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
प्रकाशित मिति
२०८३ असार २६ गते, शुक्रबार ०३:२०
२६ असार २०८३ काठमाडौं – आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको विरोधमा शुक्रबार वीर अस्पताल परिसरमा प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङले राजीनामा दिनुपर्ने माग गरेका छन्।
गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि काठमाडौं महानगरपालिकाका नगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो।

उनको मृत्युपछि वीर अस्पताल परिसरमा भेला भएका प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्याय दिलाउन माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्। घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने सम्बन्धित निकायहरूले घटनाबारे अनुसन्धान अघि बढाइरहेका छन्।





प्रतिकृया