• २४ असार २०८३, बुधबार
  • १२:३३ बिहान

सार्वजनिक भयो आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति समीक्षा प्रतिवेदन (पूर्णपाठ)

प्रकाशित मिति

२०८३ असार २३ गते, मंगलवार १२:१८

२३ असार २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै विश्वव्यापी राजनीतिक तनाव र आर्थिक अनिश्चितताका बाबजुद नेपालको अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको जनाएको छ। प्रतिवेदनअनुसार समीक्षा अवधिमा औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित रहेको छ भने विदेशी विनिमय सञ्चिति १९.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ। यसले बाह्य क्षेत्र सुदृढ रहेको संकेत गरेको राष्ट्र बैंकको निष्कर्ष छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेकाले निक्षेप तथा कर्जाको ब्याजदर क्रमशः घट्दो अवस्थामा रहेको उल्लेख गरेको छ। अर्थतन्त्रलाई थप चलायमान बनाउन विभिन्न लचिलो नीतिगत व्यवस्था लागू गरिएको पनि प्रतिवेदनमा जनाइएको छ।

Kamana Sewa

समीक्षाअनुसार घर कर्जाको अधिकतम सीमा ३ करोड रुपैयाँ, व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा १ करोड रुपैयाँ तथा सेयर धितो कर्जाको एकल ग्राहक सीमा २५ करोड रुपैयाँ पुर्‍याउने व्यवस्था गरिएको छ। यद्यपि आन्तरिक माग अपेक्षाअनुसार बढ्न नसक्दा कर्जा प्रवाहमा केही दबाब कायम रहेको प्रतिवेदनमा उल्लेख छ। तर, मौद्रिक नीतिको लचिलो कार्यदिशाले निजी क्षेत्रको लगानी विस्तार, कर्जा प्रवाह वृद्धि र समग्र आर्थिक गतिविधि चलायमान बनाउन सकारात्मक योगदान पुग्ने विश्वास राष्ट्र बैंकले व्यक्त गरेको छ।

Classic Tech Desktop

प्रतिकृया