सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
प्रकाशित मिति
२०८३ असार २१ गते, आईतवार १०:०१
२१ असार २०८३ काठमाडौं – नेपाली कांग्रेसले सरकारको १०० दिने कार्यसम्पादन र सार्वजनिक गरिएको १०० बुँदे कार्यक्रमबारे विज्ञहरूसँग छलफल गर्ने भएको छ। नेपाली कांग्रेसको संसदीय मामिला सहजीकरण संयन्त्रको आयोजनामा हुने कार्यक्रममा सुशासन, अर्थतन्त्र, सामाजिक विकास, पूर्वाधार र वैदेशिक सम्बन्धका विषयमा विज्ञहरूले आफ्नो धारणा राख्नेछन्।
कार्यक्रममा सुशासन तथा राजनीति विज्ञ रमेश अधिकारी, सामाजिक विकास विज्ञ आरती लम्साल, अर्थ विज्ञ डा. सुदनकुमार वली, पूर्वाधार विज्ञ अमृत ज्ञवाली तथा वैदेशिक सम्बन्धका विज्ञ सौरभराज पन्त सहभागी हुने कांग्रेसले जनाएको छ।

छलफल कार्यक्रम आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा आयोजना हुने जनाइएको छ।

Related
Recent News
- उखु किसानले पाउने ९२ प्रतिशत भुक्तानी सम्पन्न, सरकारले अनुदान पनि निकासा गर्यो
- डोल्पामा हिलोसहितको बाढीले घर पुरिँदा एक महिलाको मृत्यु, चार जना घाइते
- चितवनमा जंगली हात्तीको आक्रमणमा आमा–छोराको मृत्यु
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- सय दिनमा २९ लालपुर्जा वितरण, १६ सय भूमिहीनको डिजिटल लगत तयार
- १०० दिनमा स्वास्थ्य मन्त्रालयका उपलब्धि सार्वजनिक
- कर्णालीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको पुष्टि
- संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा
- रोमेरोको गोलमा अर्जेन्टिना फेरि अग्रतामा
- यस्तो छ आजको मौसम
Crime
Politics
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण
- रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार




प्रतिकृया