चितवनमा जंगली हात्तीको आक्रमणमा आमा–छोराको मृत्यु
प्रकाशित मिति
२०८३ असार २१ गते, आईतवार १०:०७
२१ असार २०८३ काठमाडौं – चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणमा परी आमा र छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको घटनास्थलमै मृत्यु भएको हो।
हात्ती धपाउने प्रयासमा आशिकाका श्रीमान् पूर्ण बोटेले आगो बाल्दा कच्ची घरमा आगलागी भएको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Related
Recent News
- उखु किसानले पाउने ९२ प्रतिशत भुक्तानी सम्पन्न, सरकारले अनुदान पनि निकासा गर्यो
- डोल्पामा हिलोसहितको बाढीले घर पुरिँदा एक महिलाको मृत्यु, चार जना घाइते
- चितवनमा जंगली हात्तीको आक्रमणमा आमा–छोराको मृत्यु
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- सय दिनमा २९ लालपुर्जा वितरण, १६ सय भूमिहीनको डिजिटल लगत तयार
- १०० दिनमा स्वास्थ्य मन्त्रालयका उपलब्धि सार्वजनिक
- कर्णालीमा खसेको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको पुष्टि
- संघर्षपूर्ण जितसहित अर्जेन्टिना अन्तिम १६ मा
- रोमेरोको गोलमा अर्जेन्टिना फेरि अग्रतामा
- यस्तो छ आजको मौसम
Crime
Politics
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण
- रास्वपाको नयाँ केन्द्रीय समितिको पहिलो बैठक सुरु
- रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्रसँगै घण्टी उपहार




प्रतिकृया