• २१ असार २०८३, आइतबार
  • ७:०८ बेलुका

डोल्पामा हिलोसहितको बाढीले घर पुरिँदा एक महिलाको मृत्यु, चार जना घाइते

प्रकाशित मिति

२०८३ असार २१ गते, आईतवार १०:२१

२१ असार २०८३ काठमाडौं – डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढीमा घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार बिहान करिब ३ बजे आएको बाढी घरभित्र पस्दा स्थानीय अन्दाजी ५५/५६ वर्षीया आनन्दा विक घरमै पुरिएकी थिइन्।

प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनामा ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन्। घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि रिफर गरिएको छ। अन्य तीन जना उपचारपछि डिस्चार्ज भएका छन्।

Kamana Sewa

मृतकका आफन्त ३२ वर्षीया जुनमाया विक र २९ वर्षीय दुर्गे विक घटनापछि तनावका कारण बेहोस भएको र उनीहरूको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार बाढीले एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ।

Classic Tech Desktop

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँ, जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोस्ट हुरिकोट तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा परिचालन गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान तथा क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।

प्रतिकृया