माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदै
प्रकाशित मिति
२०८३ असार १९ गते, शुक्रबार ०९:०४
१९ असार २०८३ काठमाडौं – माउण्ट एभरेष्ट पावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज शुक्रबार बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान ८ः३० बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको जनाएको छ।
कम्पनीले असार ३ गतेदेखि असार ८ गतेसम्म सर्वसाधारणका लागि १४ लाख २७ हजार ६ सय कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो। नेपाल धितोपत्र बोर्डले गत वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।

माउण्ट एभरेष्ट पावरले सोलुखुम्बु जिल्लामा निर्माण गरेको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना सम्पन्न गरी २०८१ साल साउनदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन गरिरहेको छ। कम्पनीको आईपीओ बाँडफाँडपछि योग्य आवेदकहरूले आफ्नो नतिजा बिक्री प्रबन्धक तथा सीडीएससीको आईपीओ नतिजा प्रणालीमार्फत हेर्न सक्नेछन्।





प्रतिकृया