• १५ असोज २०८३, बिहीबार
  • २ः४४ दिउँसो

नेप्सेमा ४४.५९ अंकको उछाल, सबै उपसूचक हरियालीमा

प्रकाशित मिति

२०८३ असार १७ गते, बुधबार ०३:१७

१७ असार २०८३  काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनको तुलनामा बजारमा उल्लेखनीय सुधार देखिँदै सबै उपसूचक हरियालीमा बन्द भएका हुन्।

National Life

आज ३६२ कम्पनीका ९५ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ८५ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारका क्रममा १३ वटै उपसूचकमा वृद्धि भएको छ। वाणिज्य बैंक समूह १.१४ प्रतिशत, विकास बैंक समूह १.१५ प्रतिशत, फाइनान्स समूह १.४९ प्रतिशत तथा होटल तथा पर्यटन समूह १.६६ प्रतिशतले बढेका छन्। अन्य सबै समूहमा पनि सकारात्मक प्रदर्शन देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसदिन २५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७ कम्पनीको शेयर मूल्य घटेको छ। ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

प्रतिकृया