• १५ असोज २०८३, बिहीबार
  • २ः४५ दिउँसो

बालबालिकालाई सदस्यता दिएको विषयमा रास्वपासँग मानव अधिकार आयोगले माग्यो स्पष्टीकरण

प्रकाशित मिति

२०८३ असार १७ गते, बुधबार ०३:३५

१७ असार २०८३  काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग विस्तृत जानकारी मागेको छ। बालबालिकालाई पार्टी सदस्य बनाइएको भन्ने सूचना तथा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले रास्वपालाई यथाशीघ्र तथ्यसहितको विवरण उपलब्ध गराउन पत्राचार गरेको हो।

National Life

आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बुधबार जारी गरेको विज्ञप्तिअनुसार रास्वपाको महाधिवेशनमा प्रस्तुत गरिएको भनिएको प्रतिवेदनमा १८ वर्षमुनिका बालबालिकालाई सदस्यता वितरण गरिएको उल्लेख भएमा त्यस्तो कार्य प्रचलित नेपाली कानुन तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुन सक्ने जनाएको छ।

यसै आधारमा राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा २१(१) बमोजिम बालबालिकालाई पार्टी सदस्यता वितरण भए वा नभएको सम्बन्धमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन आयोगले रास्वपालाई अनुरोध गरेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया