• १६ असार २०८३, मंगलबार
  • ८:१२ बेलुका

लोकतन्त्र र संविधान रक्षाका लागि संयुक्त सङ्घर्ष आवश्यक : केपी शर्मा ओली

प्रकाशित मिति

२०८३ असार १६ गते, मंगलवार ०४:५८

१६ असार २०८३ काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता गरी संयुक्त सङ्घर्षमा जानुपर्ने बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमाले राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशमा देखिएको राजनीतिक अवस्थाविरुद्ध साझा प्रयास आवश्यक रहेको बताए।

Kamana Sewa

उनले हाल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पार्दै नेता–कार्यकर्तालाई त्यसबारे भ्रममा नपर्न आग्रह गरे। समूहगत वा संस्थागत पार्टी एकता नगर्ने तर पार्टीमा प्रवेश गर्न चाहने व्यक्ति वा समूहलाई भने उदारतापूर्वक समेट्ने नीति कायम रहने उनले बताए।

Classic Tech Desktop

अध्यक्ष ओलीले विगतका पार्टी एकतामा स्वार्थ, गठजोड र दाउपेच हावी भएको टिप्पणी गर्दै पार्टी एकताका लागि पवित्र उद्देश्य आवश्यक पर्ने धारणा राखे।

उनले फागुन २१ गतेको निर्वाचन तथा भदौ २३ र २४ गतेका घटनाबारे पनि टिप्पणी गर्दै गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले महत्वपूर्ण प्रश्नहरूको उत्तर नदिएको दाबी गरे। ती घटनालाई संविधान र लोकतन्त्रमाथिको आक्रमणको रूपमा चित्रण गर्दै त्यसलाई युवा विद्रोह वा आन्दोलनका रूपमा व्याख्या गर्ने भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे।

पार्टी पुनर्गठनबारे बोल्दै अध्यक्ष ओलीले निष्क्रिय कमिटीहरूलाई सक्रिय बनाउने गरी पुनर्गठन गरिने उल्लेख गर्दै एमालेभित्र अझ बलियो एकताको आवश्यकता रहेको बताए।

प्रतिकृया