• १६ असार २०८३, मंगलबार
  • ४:५१ बेलुका

औद्योगिक क्षेत्रको ४२ करोडभन्दा बढी बक्यौता दुई सातामै असुल

प्रकाशित मिति

२०८३ असार १६ गते, मंगलवार ०१:५५

१६ असार २०८३ काठमाडौं – औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले दुई साताभित्र औद्योगिक क्षेत्रको भाडाबापतको ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता असुल गरेको जनाएको छ। लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार वि.सं. २०४५ सालदेखि केही उद्योगले भाडा बक्यौता राख्दै आएका थिए। केही दिनअघि ६३५ उद्योग तथा कार्यालयलाई सार्वजनिक सूचना जारी गर्दै बक्यौता तिर्न आग्रह गरिएपछि अधिकांशले धमाधम रकम बुझाएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनअनुसार तोकिएको समयभित्र भाडा नतिर्ने उद्योगहरूको विद्युत् लाइन काट्न सुरु गरिएको थियो। प्रारम्भिक चरणमा २०० भन्दा बढी उद्योगको विद्युत् सेवा अवरुद्ध गरिएकामा बक्यौता चुक्ता गरेपछि अधिकांशको लाइन पुनः जोडिएको छ। हाल पनि ४५ वटा कम्पनीको विद्युत् लाइन काटिएको महाप्रबन्धक ओलीले जानकारी दिए।

Kamana Sewa

लिमिटेडका अनुसार कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिको करिब ३ करोड ६९ लाख रुपैयाँ र सोही सञ्चालकको कन्टिनेन्टल सर्भिसेज प्रालिको करिब १ करोड रुपैयाँ भाडा अझै उठ्न बाँकी छ। यी दुवै कम्पनीको विद्युत् लाइन काट्ने प्रक्रिया अघि बढाइएको छ।

Classic Tech Desktop

महाप्रबन्धक ओलीले भाडा असुलीमा विभिन्न दबाब आए पनि मन्त्री गौरिकुमारी यादवको स्पष्ट निर्देशनका कारण छोटो समयमै उल्लेख्य बक्यौता उठाउन सफल भएको बताए।

प्रतिकृया