• १६ असोज २०८३, शुक्रबार
  • ४ः४७ बेलुका

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै, आज बोलकबोल

प्रकाशित मिति

२०८३ असार १६ गते, मंगलवार ०१:१८

१६ असार २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८४ क’ जारी गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभागले मंगलबार सूचना जारी गर्दै एक वर्ष अवधिको ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको जनाएको हो।

National Life

राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ। ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १६ गते गरिनेछ भने ब्याजदर बोलकबोलबाट निर्धारण भई अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिनेछ।

यो बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्म पाँच करोड रुपैयाँले भाग जाने गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रलाई धितोका रूपमा प्रयोग गर्न सकिनेछ। यद्यपि, यसमा गरिएको लगानी अनिवार्य नगद मौज्दात (सीआरआर)मा गणना नहुने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न सकिनेछ।

बोलकबोलको ब्याजदर सानोदेखि ठूलो क्रमअनुसार एकल दर कायम गरी बाँडफाँट गरिनेछ। समान ब्याजदरमा माग बढी भएमा समानुपातिक रूपमा ऋणपत्र वितरण गरिने राष्ट्र बैंकले जनाएको छ। साथै, स्वीकृतिपछि निष्कासन मितिमा सम्बन्धित बैंकको खातामा पर्याप्त मौज्दात नभए बोल रद्द हुने तथा २.५० प्रतिशत जरिवानासहित ६ महिनासम्म खुला बजार कारोबारमा सहभागी हुन नपाइने व्यवस्था गरिएको छ।

प्रतिकृया