• १५ असोज २०८३, बिहीबार
  • २ः४३ दिउँसो

कोशी प्रदेशसभाको बैठक फेरि स्थगित

प्रकाशित मिति

२०८३ असार १६ गते, मंगलवार ०१:१२

१६ असार २०८३ विराटनगर – कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने तय भएको बैठक स्थगित गरिएको छ। प्रदेशसभा सचिव सुदर्शन खड्काका अनुसार कोशी प्रदेश सरकारको अनुरोधमा बैठकको समय परिवर्तन गरिएको हो।

National Life

यसअघि पनि नवौँ अधिवेशनअन्तर्गतको १६औँ बैठक असार ११ र १६ गते तोकिएको समयमा बस्न सकेको थिएन।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठक आगामी असार १८ गते दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया