• १६ असार २०८३, मंगलबार
  • ३:४९ बेलुका

सिरहा, सर्लाही र रौतहटका आँप बजार सुरक्षित, प्रतिबन्धित रसायन प्रयोग नभेटियो

प्रकाशित मिति

२०८३ असार १६ गते, मंगलवार ०१:०४

१६ असार २०८३ काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मधेश प्रदेशका विभिन्न जिल्लामा गरिएको संयुक्त अनुगमनमा आँप पकाउन प्रतिबन्धित क्याल्सियम कार्बाइड प्रयोग नभेटिएको जनाएको छ। विभागका अनुसार सिरहाको लहानस्थित फलफूल पसल तथा गोदाममा गरिएको निरीक्षणका क्रममा क्याल्सियम कार्बाइड प्रयोग भएको प्रमाण फेला परेन।

व्यवसायीलाई आयातित फलफूलमा लेबल वा स्टिकर भएका उत्पादन मात्रै खरिद–बिक्री गर्न तथा स्वीकृत रिपेनिङ एजेन्ट प्रयोग गर्दा फलफूलसँग प्रत्यक्ष सम्पर्क नहुने गरी प्रयोग गर्न निर्देशन दिइएको छ। यस्तै, सर्लाहीको नवलपुर र लालबन्दीबाट संकलन गरिएका तरकारी तथा फलफूलका नमुनामा गरिएको द्रुत विषादी अवशेष परीक्षणमा सबै नमुना मापदण्डअनुकूल रहेको विभागले जनाएको छ।

Kamana Sewa

सर्लाही र रौतहटका लालबन्दी, नवलपुर, चन्द्रपुर र गौरका आँप बजारमा गरिएको अनुगमनमा पनि प्रतिबन्धित क्याल्सियम कार्बाइड प्रयोग नभेटिएको विभागले जनाएको छ। साथै व्यवसायीलाई खाद्य स्वच्छता कायम राख्दै स्वीकृत रिपेनिङ एजेन्ट मात्र प्रयोग गर्न आग्रह गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया