गृहमन्त्री गुरुङको बारा–पर्सा सीमामा छड्के अनुगमन
प्रकाशित मिति
२०८३ असार १४ गते, आईतवार ०३:५०
१४ असार २०८३ काठमाडौं- गृहमन्त्री सुधन गुरुङले शनिबार बारा–पर्साको सीमावर्ती क्षेत्रमा गोप्य रूपमा स्थलगत अनुगमन गर्दै स्थानीयसँग अन्तरक्रिया गरेको खुलेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोअनुसार मास्क, टोपी र हाफ टिसर्ट लगाएका गृहमन्त्री गुरुङ जानकी टोला, मटिअर्वा र अलौँलगायत सीमावर्ती क्षेत्रमा पुगेका थिए। तर, उनको यस भ्रमणबारे गृह मन्त्रालयको सचिवालयले कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन। बारा र पर्साका प्रहरी प्रशासनले पनि भ्रमणबारे आफूहरूलाई पूर्वजानकारी नभएको बताएका छन्।
सुरक्षाकर्मीलाई जानकारी नदिई गरिएको अनुगमनका क्रममा गृहमन्त्रीले सीमावर्ती क्षेत्रका स्थानीयसँग सीमापार हुने तस्करीका गतिविधिबारे जानकारी लिएका थिए।

स्थानीयले सशस्त्र प्रहरीका एक डिएसपीकै मिलेमतोमा तस्करी भइरहेको आरोप लगाएका छन्। उनीहरूले नाकामा जडान गरिएको सिसी क्यामराको पोल देखाउँदै त्यसकै आडमा तस्करी हुने गरेको गुनासोसमेत गृहमन्त्रीसमक्ष राखेका थिए।

स्थानीयको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले ‘सिसी क्यामराको निगरानी कहाँबाट हुन्छ?’ भनेर प्रश्न गरेका थिए। त्यसको जवाफमा स्थानीयले जिल्ला प्रशासन कार्यालयबाट सिसी क्यामराको निगरानी हुने गरेको बताएका छन्।




प्रतिकृया