• १४ असार २०८३, आइतबार
  • २:४५ बेलुका

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो

प्रकाशित मिति

२०८३ असार १४ गते, आईतवार ११:५९

१४ असार २०८३ काठमाडौं- काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा पछिल्लो तीन महिनायता बर्डफ्लु (एच–फाइभ एन–वान) संक्रमण तीव्र रूपमा फैलिएको छ। हालसम्म ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भएको छ भने नियन्त्रणका लागि पाँच लाख ६९ हजारभन्दा बढी पक्षी नष्ट गरिएको छ।

पशुसेवा विभागका अनुसार २०८२ चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लु पुष्टि भएपछि संक्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म फैलिएको हो।

Kamana Sewa

विभागका महानिर्देशक डा। उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा पक्षी, नौ लाख ८९ हजार ३१३ वटा अण्डा तथा एक हजार ९५४ दशमलव ८५ क्विन्टल दाना नष्ट गरिएको छ। संक्रमण नियन्त्रणका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरेको जनाएको छ।

Classic Tech Desktop

विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा र सुनसरीसँगै बारा, महोत्तरी, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका केही क्षेत्रमा संक्रमण अझै देखिएकाले निगरानी थप कडा पारिएको छ। यस्तै, संक्रमित भाइरसमा कुनै आनुवंशिक परिवर्तन ९म्युटेसन० भएको छ वा छैन भन्ने पुष्टि गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा भाइरसको जिन अनुक्रमण ९जिनोम सिक्वेन्सिङ० प्रक्रिया पनि सुरु गरिएको विभागले जनाएको छ।

विभागले पन्छीपालक किसानलाई फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन पूर्ण रूपमा निसंक्रमण गरेपछि मात्रै फार्मभित्र प्रवेश गराउन तथा जंगली पन्छीसँग घरपालुवा पन्छीको सम्पर्क हुन नदिन आग्रह गरेको छ।

प्रतिकृया