रास्वपा महाधिवेशनबाट ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित
प्रकाशित मिति
२०८३ असार १२ गते, शुक्रबार ०५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत ९९ सदस्यीय केन्द्रीय समिति गठनका लागि भएको केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भएको छ।
महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि कुल ३७९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा सहभागी भएका थिए। निर्वाचन समितिका अनुसार खुला तथा समावेशी समूहबाट ६४ जना र सातै प्रदेशबाट पाँच–पाँच जनाका दरले ३५ जना गरी ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ।

खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। समावेशी समूहअन्तर्गत खस–आर्यबाट १० जना निर्वाचित भएका छन्, जसमा ५ पुरुष र ५ महिला छन्। आदिवासी जनजाति समूहबाट ९ जना निर्वाचित भएका छन्, जसमा ५ पुरुष र ४ महिला रहेका छन्।

त्यस्तै मधेसी समूहबाट ८ जना निर्वाचित भएका छन्, जसमा ५ पुरुष र ३ महिला छन्। दलित समूहबाट ४ जना निर्वाचित भएका छन्, जसमा २ पुरुष र २ महिला रहेका छन्। मुस्लिम समूहबाट २ जना निर्वाचित भएका छन्, जसमा १ पुरुष र १ महिला छन्।
यसैगरी, सातै प्रदेशबाट पाँच–पाँच जनाका दरले थप ३५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत अब पदाधिकारी पदको निर्वाचन प्रक्रिया अघि बढ्ने निर्वाचन समितिले जनाएको छ।




प्रतिकृया