• ११ असार २०८३, बिहीबार
  • ८:३९ बेलुका

रास्वपा महाधिवेशन : पदाधिकारी निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक

प्रकाशित मिति

२०८३ असार ११ गते, बिहीबार ०५:१९

११ असार २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनको कार्यतालिका पाँचौँ पटक संशोधन गरिएको छ।संशोधित कार्यतालिका अनुसार दोस्रो चरणमा हुने ६ पदाधिकारीको निर्वाचनका लागि बिहीबार राति ९ः१५ बजेदेखि १२ः१५ बजेसम्म मतदान हुनेछ। मतगणनापछि नतिजा राति १ः३० बजे सार्वजनिक गर्ने तालिका छ।

निर्वाचन समितिले पदाधिकारी पदका लागि उम्मेदवारी फाराम वितरण साँझ ६ः३० बजेदेखि ७ बजेसम्म र दाबी–विरोधको समय राति ८ बजे निर्धारण गरेको छ। पहिलो चरणको निर्वाचन परिणाम सार्वजनिक गर्न ढिलाइ भएपछि कार्यतालिका पुनः संशोधन गरिएको जनाइएको छ। रास्वपाका सभापति पदमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।

Kamana Sewa

अब बाँकी दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने रास्वपाका प्रवक्ता मनिष झा ले जानकारी दिए। यद्यपि ती पदमा सहमतिको प्रयास जारी रहेकाले मतदान नै नहुने सम्भावना पनि रहेको बताइएको छ।

Classic Tech Desktop

रास्वपाको विधानअनुसार एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था छ। पार्टीको १५१ सदस्यीय केन्द्रीय समिति रहने प्रावधान छ। सातै प्रदेशका पदाधिकारी पदेन सदस्य रहनेछन् भने ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार सभापतिलाई दिइएको छ।

प्रतिकृया