• १२ असोज २०८३, सोमबार
  • ९ः३३ राती

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते

प्रकाशित मिति

२०८३ असार ११ गते, बिहीबार ०३:२३

११ असार २०८३ काठमाडौं – कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। बिहीबार बिहान सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकद्वारा सञ्चालन गरिएको अभ्यासका क्रममा ग्रिनेड पड्किँदा हुद्दा हिमालविक्रम विष्ट गम्भीर घाइते भएका थिए।

National Life

उनको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। घटनामा सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।

मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन गरिएको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट भएपछि दुवै सैनिक घाइते भएका थिए। घटनाबारे नेपाली सेनाले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया