• ६ असार २०८३, शनिबार
  • ३:०१ बेलुका

महिलाका लागि सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालन गर्ने तयारी, पहिलो चरणमा २५ बस चलाइने

प्रकाशित मिति

२०८३ असार ६ गते, शनिबार १२:०९

६ असार २०८३ काठमाडौं – सरकारले महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित सातै प्रदेशमा ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाएको छ। सरकारको १०० दिने कार्यसूचीअन्तर्गत निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने योजना कार्यान्वयनको चरणमा पुगेको हो।

सरकारले पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा ब्लु बस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। यसअन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा सात वटा बस सञ्चालन गरिनेछ भने उपत्यकाबाहिर सातै प्रदेशका यातायात व्यवसायी संघसँग समन्वय गरी थप १८ वटा बस सञ्चालन गर्ने तयारी गरिएको छ।

Kamana Sewa

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार ब्लु बस सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समय तालिका, लागत अनुमान तथा सञ्चालन जिम्मेवारीसम्बन्धी मस्यौदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ। सो प्रस्तावका आधारमा प्रशासनिक तथा प्राविधिक तयारीलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।

Classic Tech Desktop

मन्त्रालयका अनुसार सेवा सञ्चालनका विभिन्न विकल्पसहितको प्रस्ताव निर्णयका लागि पेश भइसकेको छ भने आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। आगामी आर्थिक वर्षमा सातै प्रदेशमा सेवा विस्तार गर्न आवश्यक बजेट तथा कार्यक्रमसमेत प्रस्ताव गरिएको छ।

सरकारले सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै ब्लु बस सेवालाई क्रमिक रूपमा विस्तार गर्ने योजना बनाएको छ। सेवा सञ्चालनमा आएपछि विद्यार्थी, श्रमिक, कर्मचारी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलाले सुरक्षित र सहज यात्राको सुविधा पाउने अपेक्षा गरिएको छ।

यसैबीच सार्वजनिक यातायातलाई थप सुरक्षित बनाउन सिसीटिभी क्यामेरा र ड्यासक्याम जडानलाई पनि प्राथमिकता दिइएको छ। मन्त्रालयका अनुसार साझा यातायातका १११, महागर यातायातका ४६ र पाँचपोखरी सुनौलो यातायातका तीन बसमा सिसीटिभी तथा ड्यासक्याम जडान गरी सञ्चालनमा ल्याइसकिएको छ।

अन्य सार्वजनिक सवारी साधनमा पनि यस्ता उपकरण जडान गर्ने कार्य जारी रहेको मन्त्रालयले जनाएको छ। ट्राफिक प्रहरीमार्फत अनुगमनको व्यवस्था मिलाइएको छ भने सार्वजनिक सवारीलाई प्रविधिमैत्री, सुरक्षित र यात्रुमैत्री बनाउने मापदण्डको मस्यौदा तयार गरी स्वीकृतिका लागि मन्त्र

प्रतिकृया