• १३ असोज २०८३, मंगलबार
  • ८ः१८ राती

चिडियाखानामा बर्डफ्लु पुष्टि

प्रकाशित मिति

२०८३ असार ५ गते, शुक्रबार ०२:५८

ललितपुर । जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आएको सदर चिडियाखानाले सूचना जारी गर्दै संक्रमण थप फैलिन नदिन र आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्न आजदेखि चिडियाखानाका सम्पूर्ण गतिविधि स्थगित गरिएको जनाएको छ।

National Life

चिडियाखानाका अनुसार बर्डफ्लु पुष्टि भएपछि आवश्यक नियन्त्रण तथा रोकथामका उपायहरू अपनाइएको छ।

गत चैतमा कोशी प्रदेशबाट सुरु भएको बर्डफ्लु संक्रमण हालसम्म १० जिल्लामा फैलिसकेको छ। संक्रमणको जोखिमलाई ध्यानमा राख्दै चिडियाखाना अर्को सूचना जारी नभएसम्म बन्द रहने जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया