• १५ असोज २०८३, बिहीबार
  • १ः४३ राती

बुधबार नेप्सेमा झिनो अंकको सुधार, कारोबार ३ अर्ब ६३ करोड

प्रकाशित मिति

२०८३ असार ३ गते, बुधबार ०३:५०

३ असार २०८३ काठमाडौं – बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ को विन्दुमा पुगेको छ।

National Life

आज कुल ३५२ कम्पनीका ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर ४४ हजार ५४२ पटक किनबेच भएका छन्। यस दिन कुल ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

समग्र सूचक सामान्य रूपमा बढे पनि बजारमा मिश्रित अवस्था देखिएको छ। आज ८ वटा उपसूचक राताम्मे (घटेका) हुँदा ५ वटा उपसूचक मात्र बढेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी, १२६ कम्पनीको शेयरमूल्य बढेको छ भने १३१ कम्पनीको शेयरमूल्य घटेको छ। १४ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

प्रतिकृया