• ४ असार २०८३, बिहीबार
  • १२:२० बेलुका

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ असार ३ गते, बुधबार ०७:११

३ असार २०८३ काठमाडौं – हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार अहिले देशका हिमाली तथा पहाडी भू–भागसँगै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहेको छ। अन्य तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

Kamana Sewa

मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। साथै, कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तातो दिनको अवस्था कायम रहने विभागले जनाएको छ।

Classic Tech Desktop

आज राति पनि देशका हिमाली तथा पहाडी भू–भाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। साथै, कोशी प्रदेशको तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

प्रतिकृया