• ४ असार २०८३, बिहीबार
  • १०:४७ बिहान

एम्बाप्पेको कीर्तिमानी दुई गोलमा फ्रान्सको विजयी शुरुवात

प्रकाशित मिति

२०८३ असार ३ गते, बुधबार ०७:०३

३ असार २०८३ काठमाडौं – फ्रान्सले फिफा विश्वकपमा विजयी सुरुआत गर्दै सेनेगललाई ३–१ गोलअन्तरले पराजित गरेको छ। कप्तान किलियन एम्बाप्पेको दुई गोलको मद्दतमा फ्रान्सले पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोडेको हो।

एम्बाप्पेले दोस्रो हाफमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि इन्जुरी समयमा उनले लामो दूरीबाट आकर्षक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

Kamana Sewa

यससँगै एम्बाप्पे फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनको राष्ट्रिय टोलीका लागि कुल गोल संख्या ५८ पुगेको छ। उनले यसअघि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका ओलिभियर जिरुडलाई एक गोलले पछि पार्दै नयाँ इतिहास रचेका हुन्।

Classic Tech Desktop

फ्रान्सका लागि ब्राड्ली बारकोलाले अर्को एक गोल गरे भने सेनेगलका इब्राहिम म्बायेले एक गोल फर्काए। तर एम्बाप्पेको दोस्रो गोलपछि सेनेगलको पुनरागमनको आशा समाप्त भएको थियो। पहिलो हाफमा भने सेनेगलले राम्रो प्रदर्शन गरेको थियो। निकोलस ज्याक्सन गोल गर्न निकै नजिक पुगेका थिए तर उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो। इस्माइला सारले पनि टोलीलाई अग्रता दिलाउने सुनौलो अवसर खेर फालेका थिए।

दोस्रो हाफमा फ्रान्सले आक्रामक खेल प्रस्तुत गर्दै खेलमाथि नियन्त्रण जमायो। एम्बाप्पेमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएको विषयमा विवाद भए पनि भिडियो सहायक रेफ्रीको समीक्षा पछि पेनाल्टी नदिने निर्णय गरिएको थियो।

जितसँगै फ्रान्सले समूह चरणमा बलियो सुरुआत गरेको छ। फ्रान्सले अब जुन २३ मा इराकसँग र जुन २७ मा नर्वेसँग खेल्नेछ। सेनेगलले भने जुन २३ मा नर्वेसँग तथा जुन २७ मा इराकसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

प्रतिकृया