• २ असार २०८३, मंगलबार
  • १:२४ बिहान

ढाकाको झोलामा बजेट बोकेर प्रदेशसभा पुगे मन्त्री लिङ्थेप

प्रकाशित मिति

२०८३ असार १ गते, सोमबार ०४:३२

v१ असार २०८३ विराटनगर – कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्न ढाकाको झोलामा बजेट वक्तव्य बोकेर प्रदेशसभा पुगेका छन् । परम्परागत ब्रिफकेसको सट्टा स्थानीय पहिचान र नेपाली मौलिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्री लिङ्थेपले ढाकाको झोला प्रयोग गरेका हुन् ।

केही बेरमा बस्ने प्रदेशसभा बैठकमा उनले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रदेश सरकारका अनुसार यस वर्षको बजेटमा कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको छ । उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारलाई लक्षित गरी बजेट ल्याउन लागिएको जनाइएको छ ।

Kamana Sewa

ढाकाको झोलामार्फत स्थानीय उत्पादनको प्रवर्द्धन र सांस्कृतिक पहिचानलाई प्राथमिकता दिएको सन्देश दिन खोजिएको भन्दै मन्त्री लिङ्थेपको शैलीले प्रदेशसभामा विशेष चर्चा पाएको छ ।

Classic Tech Desktop

प्रतिकृया