• २ असार २०८३, मंगलबार
  • १:२५ बिहान

मधेश प्रदेशको बजेट ४१ अर्ब १३ करोड, गत वर्षभन्दा १३ प्रतिशत कम (पूर्णपाठ)

प्रकाशित मिति

२०८३ असार १ गते, सोमबार ०४:१८

१ असार २०८३ जनकपुरधाम – मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेशसभामा अर्थमन्त्री युवराज भट्टराई ले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्दै उक्त बजेट घोषणा गरेका हुन् ।

चालु आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेश सरकारले ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको थियो । यस आधारमा आगामी वर्षको बजेट गत वर्षको तुलनामा करिब १३ प्रतिशतले कम भएको छ । कुल बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड रुपैयाँ अर्थात् ३५.६४ प्रतिशत र पुँजीगततर्फ २६ अर्ब ४७ करोड रुपैयाँ अर्थात् ६४.३६ प्रतिशत विनियोजन गरिएको छ ।

Kamana Sewa

अर्थमन्त्री भट्टराईका अनुसार बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ तथा गत वर्षको नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ स्रोत व्यवस्थापन गरिनेछ ।

Classic Tech Desktop

प्रदेश सरकारले आगामी बजेटमा पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग तथा रोजगारमूलक कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । बजेट कार्यान्वयन र वित्तीय अनुशासनलाई मुख्य लक्ष्य बनाएर यथार्थपरक बजेट ल्याइएको सरकारको दाबी छ ।

प्रतिकृया