• २९ जेठ २०८३, शुक्रबार
  • ६:२३ बेलुका

यी हुन् आज बसेको मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

प्रकाशित मिति

२०८३ जेष्ठ २९ गते, शुक्रबार ०३:३५

२९ जेठ २०८३ काठमाडौं – शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका तीन प्रमुख निर्णय सार्वजनिक गरिएको छ। सरकारका अनुसार संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको उक्त कार्यदलको कार्यावधि एक महिना थपिएको हो।

Kamana Sewa

यस्तै, सरकारी तथा सार्वजनिक जग्गाको छानबिन र संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को २०५२ सालको प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

Classic Tech Desktop

बैठकले नेपाल लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ।

सरकारले यी निर्णयहरूलाई प्रशासनिक सुधार, सुशासन र दीर्घकालीन नीतिगत तयारीसँग सम्बन्धित महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेको छ।

प्रतिकृया